sabita sapkota. Powered by Blogger.
रुख, मेरो नेपाल

       


रुख हरियाली दिन्छ
रुख छहारी दिन्छ
रुख दिन्छ मात्र मान्छेलाई
बदलामा केहि लिदैन
त्यही रुख हो मेरो देश ।

रुखको छहारीमा बसि
म सुन्दर भविष्यको सपना कोर्छु
जहाँ मेरो सपनाको देशमा
स्वच्छ हिमालहरु लहर मिलाएर हास्नेछन
नीला नदीहरु स्वतन्त्र बहिरहनेछन
शान्ति र गौरवको गाथा बोकेर
सुस्ताका सीमाहरु अन्नत फैलिनेछन ।

मेरो देश,
वृक्षका शीतल स्पर्सहरु
अनन्त फैलिएर स्वच्छ हावा
जीवनदान दिने प्रिय रुखहरु जस्तै
मेरो वृक्ष हो मेरो देश ।

रुख छ र त शीतलता छ
जीवनको मिठो आभास छ
ओत छ अनि
अनन्त अस्तित्व छ।।