sabita sapkota. Powered by Blogger.
साकार,कुमारित्व लुटेर किन यसो गर्यौ ?

ठीक छः बोल्दैन भने कति म्यासेज गरिरहुँ ? छोडिदिन्छु अबदेखि मोबाईल चलाउँन, ब्लक गर्छु फेसबुक, टुईटर र भाइबरका सबै एकाउन्टहरु । पागल बनेर कति दिन कुहिरहनु रिप्लाई । मरेको भए सडिसक्थेँ । सास मात्र बाँकी रहेर आशा रह्यो ।

छिनछिनमा फेसबुक खोल्दै स्मिता मनमनै वात गर्थी । सम्बन्ध जोडिने र फुटिने खेल खेल्नुअघि खेलाडीले विचार पुर्याउनु पर्ने हो । तर समयमै पुर्याउन नसकेको विचारले धेरै दिन मानसपटलमा घुमिरह्यो वितेको पल । चाहाना र बाहानाले हरेक कुरा पुरा हुने भए उ संसारमा खुशीलाई मात्र आफ्नो बनाउन चाहान्थी ।


मिलन मात्र अंगालेर विछोडलाई उडाउन चाहान्थी, बेलुनमा हावा भरेर उडाएजस्तै गरी । भाग्य आफ्नै मुठ्ठीमा भएको भए परिजस्तै सजिएर उसकै साथ हुन्थी स्मिता, अंगालोमा बेरिएर चुम्थी आफूले चाहेकै साकारलाई । भाग्यमा नलेखेको कुरा जतिनै प्रयत्न गरेपनि आफ्नो मुठ्ठीमा आउँदैन । न त आफ्नो बनेर वरिपरि सजिन्छ । हो, यस्तैयस्तै भयो स्मिताको जीवनमा ।

जीवनको दौडानमा धेरै मान्छेसँग सम्बन्ध जोडिन्छ । तन, मन र शरीरकै निकट सम्बन्ध केहीसँग मात्र जोडिन्छ । भावना साट्ने धेरै भेटिन्छन् तर अन्तरहृदयकै भावना साट्ने कम मात्र भेटिन्छन् । ईच्छा, चाहाना र आंकाक्षाहरु मेल खाने कम नै भेटिन्छन् ।

दुःखमा सहयोग र सद्भावको भावना देखाउने कम नै भेटिन्छन् । विश्वाश्सको हतकडी बाधेर सँगै डुल्ने सम्बन्ध थोरैसँग गासिन्छ । बोलीमा चिल्लो घस्ने धेरै भेटिए पनि, पगाल्न सक्ने क्षमता कमैमा हुन्छ । तर पगालेका मनहरु नै आफूदेखि टाढा हुँदा त्यो पग्लिएको मन छचल्किँदो रहेछ, पोखिन नसकेर ।

पेसाले स्मिता नर्स हो । नर्सिङ सकेर पोखरामा बसेर जागिर खादँैछे, सरकारी अस्पतालमा । समयको दौडानमा फेवाताल घुम्न जाँदा साकारसँग उसको चिनजान भएको थियो । पोखराको सहरमै घर भएको एक धनाड्य बाउको छोरो । ईन्जिनियर ईन्ट्रान्सको तयारी गर्दै गरेको । पहिलो भेटले सम्बन्धमा बिउ रोप्यो । विस्तारै विरुवा उमँ्रदै गयो ।

स्मिताको नर्सिङ कलेज नजिक साकारको घर । यति भएपछि भर्खर विरुवा रोप्न लागेका पे्रमिल जोडिहरुलाई अरु के चाहियो ? भेट्ने बहाना बन्यो हस्पिटलको चौर । जहाँ स्मिताको प्राक्टिकल हुन्थ्यो । प्रस्तावबिना नै सम्बन्ध अगाडि बढ्यो । भेटको सिलसिला जारी रहयो । घुम्ने ठाउँ बने पोखराका रमणीय स्थलहरु । प्रकृतिको सुन्दतामा एउटा सुन्दर साथ भेटेको आभाष हुन थाल्यो । उसका अगाडि सबै चिज फिक्का लाग्थ्यो उनलाई । मीठो हाँसो, गालाको डिम्पल । गोरो वर्ण । शब्दमा वर्णन गर्न नसक्ने उसको मधुर बोल्ने कला । खाना खाए÷नखाएको ख्याल गर्ने उसको बानी । संसारकै भाग्यमानी ठान्थी आफूलाई ।

एकदिनको कुरा हो साकारको नम्बरबाट स्मितालाई कल आयो । ‘उ्म बेबी भन..’ उसले फोन उठाउँदै भनी । तर फोनमा कोही केटीको आवाज सुनियो । ‘साकार दादा एकसिडेन्डमा पर्नुभयो । अहिले हस्पिटलमा हुनुहुन्छ । तपाईलाई बोलाउन भनेर कल गरेकी ।’ उसकी बहिनीले फोन गरेकी थिई । स्मिता हतारिदैँ हस्पिटल पुगी । मन डरायो । कति छिटो हस्पिटल पुगी थाहा भएन । हस्पिटलमा उसका केही साथीहरु र बहिनी मात्र थिए । हातमा सामान्य चोट लागेको रहेछ । सामान्य चेकजाजपछि उनीहरु घर फर्किए ।

स्मिता कोठामा एक्लै बस्थी । साकार कोठामै आउन थाल्यो । घरभेटी घरमा नभएको खबर गरेपछि आउँथ्यो साकार । प्रेम बन्धनमा बाँधिएको ६ महिनामा आफ्नो कुमारित्व गुमाएकी थिई स्मिताले । पहिलो प्रेम, सहमतिमै भएको थियो– त्यो यौन सम्बन्ध ।

त्यो रात साकारले जिद्दी गरेर स्मिताकै कोठामा रात विताएको थियो । पहिलोपटक एकअर्काले दुवैलाई अंग÷अंग चुमेका थिए । आफू बुझ्ने भएपछि पहिलोपटक एक जवान युवकको नाङगो ज्यानमा प्रत्यक्ष आँखाले हेरेकी थिई । एकछिन त उसलाई कुनै अंग्रेजी फिल्मको दृश्यजस्तै लागेको थियो ।

यतिका वर्ष साँचेर राखेका यौनका कुण्ठाहरु फुकाएका थिए दुवैले । यसरी नै साकार उसको कोठामा आउने जाने क्रम चलिरह्यो । साकारको घरमा कोही नभएको दिन स्मितालाई उसकै घरमा बोलाउँथ्यो ।

चल्ने बहानामा कहिले साकारले उसको कानमा टोकिदिन्थ्यो । रोएको बहाना गरेपछि उ आफैँ फकाउँथ्यो । आउने जाने क्रम चलिरह्यो । दुवैको घरमा उनीहरुको प्रेम सम्बन्धबारे थाहा थियो । जवानी भरिदै गएका पे्रमीपे्रमीका स्वतन्त्र थिए । समय समयमा दुवै यौनको छालमा डुबिरहेँ । सम्बन्ध ५ वर्षसम्म चलिरह्यो ।

ईन्जिनियरिङ सकेर साकार अष्ट्रेलिया होमियो । केही समयपछि आएर स्मृतिलाई बेहुली बनाउने सपना देखाएर उड्यो जहाजमा । साकार गएदेखि हरेकदिन आफूलाई बेहुली भएर उसकै अंगालोमा बेरीएको कल्पना गर्दै निदाउँथी । कहिलेकाहीँ उ कोठामै भएको कल्पना गर्थी । उसँग राखेका शारीरिक सम्बन्ध, विताएका रातहरु, घुम्न गएका पलहरु सबै याद आउँथ्यो । गएको १ वर्षसम्म सम्पर्कमै थियो । भिडियो कलमै छेटौँ प्रेमको एनीभर्सरी मनाए ।

बितेको १ महिनादेखि उ सम्पर्कबिहीन भएको थियो । त्यो समय निकै कठोर बनेको थियो । आज अचानक उसकी साथीले साकारको विदेशमै बिहे गरेको फोटो देखाउँदा स्मिता छाँगाबाट खसेजस्तै भएकी छ ।

लामो समयको प्रेम सम्बन्धमा आएको भूँईचालो सहन नसकेर उसको रिप्लाई पर्खदै बसेकी छे तर साकारको रिप्लाई आएको छैन । उसलाई एउटै कुराको जवाफ चाहिएको छ । आखिर किन खेलबाड गर्याे उसले कोमल मनसँग र किन दियो धोका ?