अाशा अनि निराशाकाे शहर हाे याे
मरभूमिमा धान झुलाउने प्रहर हाे याे ।
सरासर हिडेपनि खुट्टा तान्ने धेरै यहाँ
जवानीमा खेल्न खाेज्ने लहर हाे याे ।
वर्तमानमा रमाएर भविष्यलाई काेर्नुपर्ने
बास्ना खाेज्ने अनावश्यक रहर हाे याे ।
जतातिर लम्किन्छ जिन्दगीकाे डाेरी यहाँ
चाहानालाई उतैतिर, माेड्नुपर्ने नहर हाे याे।
एउटा मानव दुई मस्तिष्क लिएर डुल्छ यहाँ
अाश्वासनकाे खाली बाेतल पिलाउने लहर हाे याे ।
अाशा अनि निराशाकाे शहर हाे याे
मरभूमिमा धान झुलाउने प्रहर हाे याे ।
सधै याे बिहानी सित बनेर अाअाेस
सबकाे मुहारमा पिृत छाेडेर जाअाेस ।
साेचहरुमा अागाेकाे राप दन्किअाेस
जनमानसमा फुलबुटटा जाेडेर जाअाेस ।
ईन्द्रेणिका रङगझै रङगिउन पाईलाहरु
सातै रङगले हत्केला भरेर जाअाेस ।
उदाएकाे सुर्यजस्तै चम्किअाेस भाग्य
पैतालामा हर्षकाे विउ छरेर जाअाेस ।
सानाे ठूलाे भनेर काेहि अाैला नठड्याअाेस
समानताकाे फुलबारी खनेर जाअाेस ।
पन्छिझै उड्न पाउ बिशाल छाति बनाएर
नकरात्मक साेचकाे गन्ध जलेर जाअाेस ।
सधै याे बिहानी सित बनेर अाअाेस
सबकाे मुहारमा पिृत छाेडेर जाअाेस ।
नसाकाे पिजाडामा रम्दै छ उ
दलदल हिलाेमा जम्दै छ उ ।
कसैलाई माया गर्याे अाफू भन्दा बढि
त्यसैकाे परिणाम भाेग्दै छ उ ।
न समाज भयाे अाफ्नाे न साथी रहे
सुईकाे साहारामा भुल्दै छ उ ।
सुकेकाे हागाजस्तै हुदा पनि शरिर
निष्टुरीलाई सम्झेर झुल्दै छ उ ।
हुदा पनि छिया छिया अाफ्नै शरिर
बाचु कि मरु भनी डुल्दै छ उ ।
बिष लाग्छ उसलाई अरुकाे उपदेश
अाफ्नै जीवन नसामा लुटदै छ उ ।
नसाकाे पिजाडामा रम्दै छ उ
दलदल हिलाेमा जम्दै छ उ ।
धेरैपछि अशान्त मन लिई धाए म
मन्दिर गई फुल चढाई फर्कि अाए म ।
माग्नु त के थियाे र ढुङगाकाे मुर्तिसंग
गए शिर झुकाए ,लम्कि अाए म ।
उफ! धेरै सास्ति तिम्राे दर्शन पाउन
निकै लामाे लामदेखि तर्कि अाए म ।
धेरै थियाे गुनासाे ,पाेख्नु देउता संग
अक्षताकाे थाली बाेकी फर्कि अाए म ।
याे मनका कुण्ठाहरु छरपष्ट पार्दै
फुलपाती र अक्षता छर्कि अाए म ।
धेरैपछि अशान्त मन लिई धाए म
मन्दिर गई फुल चढाई फर्कि अाए म ।
