sabita sapkota. Powered by Blogger.
भाषणले मात्र बन्ला त नयाँ नेपाल ?



जता जान्छु–हिँड्छु, सरकारकै आलोचनाले कान गुन्जिन्छ । सातामा आएको केही समय नपुग्दै सरकार ढल्ने परम्पराले जरा गाडेको नेपाली राजनीति म बुझ्न सक्दिनँ । किशोरदेखि ठूलासम्म सरकारको आलोचना गरिरहेका छन् । भूकम्प गयो, सरकारले गर्दा, नाकाबन्दी भयो सरकारले गर्दा, महँगी बढ्यो सरकारले गर्दा । यस्ता कुरासम्म बाटोभर झाँगिएको छ ।

८४ हजार मेगावाट विद्युत् उत्पादन हुनसक्ने देशमा दैनिक १३ घन्टा लोडसेडिङ छ । जनताले चाहेका समयमा खाना पकाउन पाएका छैनन् । भूकम्पले देश ग्रसित छ । नाकाबन्दीले सबै नेपालीलाई सास्ती दिएको छ । देश समृद्धिको बाटो उन्मुख हुनैलाग्दा महाभूकम्प थपियो ।

एउटा रमाइलो घटना भनुँ या संयोगवश एकदिन दिदीसँग विद्यालयमा पढाउन गएकी थिएँ । उहाँले विद्यार्थीलाई गृहकार्य दिनुभएको रहेछ । कक्षाका आधाजसो विद्यार्थीले आप्mनो गृहकार्य नगरेका रहेछन् । गृहकार्य प्रिन्ट गरेर फाइलिङ गर्नुपर्ने रहेछ । लोडसेडिङले धेरै विद्यार्थीले गृहकार्य गर्न नपाएको गुनासो गर्दै थिए । सबैले एउटै उत्तर प्रस्तुत गर्दै थिए । त्यहीसमय एउटा विद्यार्थीले आफनो बेन्चबाट उठेर भने, ‘अबको एक वर्षपछि मात्र नियमित गृहकार्य गर्ने पाइन्छ मिस ।’ उनको उतरमा केही भाव लुकेको थियो । विद्यार्थीले आफनो गृहकार्य नियमित गर्नुपर्छ । के तिमीलाई एकदिन मात्र खाना खाएर हुन्छ ? खाना तिमी एक वर्ष कुर्ने सक्छौ ? दिदीले यस्तो प्रश्न गर्दैगर्दा फेरि उही विद्यार्थीको जवाफ आयोः ‘होइन मिस खाना त हामीलाई नियमित चाहिन्छ ।’

कुरा नरोकी उ बोल्दै गयो र भन्योः ‘केपी ओली सरकारले एक वर्षमा देशलाई लोडसेडिङमुक्त बनाउछु भनेका छन् । त्यसपछि हामीले दैनिक रुपमा गृहकार्य गर्न पाउँछौँ ।’ उ आशावादी हुँदै भनेको थियो । मुहारमा खुशी थियो । त्यतिमात्र होइन, एकवर्षपछि गृहकार्य गर्ने पाउनेमा ऊ ढुक्क थियो । केपी सरकारले सबैको घरघरमा ग्यासको पाइप जडान गर्ने भनेका छन् । अब देशमा केही परिर्वतन होला जस्तो छ । कक्षाका सबै विद्यार्थी गललल हाँस्न थाले । कक्षा नै हाँसोले भरियो । के बुझेर हाँसे या उसको कुरा कमेडी लागेर हासेँ, त्यो बुझ्न सक्दिनँ तर पनि उनीहरु हाँसेको देख्दा मनमा पनि हाँसो फुट्यो ।

कसले भन्यो बाबु भनेर सोध्दा केपी सरकारले भने । एउटा सानो विद्यालय पढ्दै गरेको बालकको मनमा त यत्रो आशा उब्जेको छ । एक वर्षपछि देश लोडसेडिङमुक्त हुन्छ भनेर आशा पलाएको छ भने अन्य नेपालीको मनमा कति आशाका च्याउ उम्रेका होलान् ? के बालकको इच्छा साँच्चै साकार होला त ? उनले भनेजस्तै एक वर्षपछि नियमित गृहकार्य गर्ने पाउलान् त ? नेपाली जनताले अँध्यारोमा काटेको जिन्दगीले उज्यालोको गति लिन्छ त ?

सत्तामा नपुगेसम्म गफ लगाउने र सत्तामा पुगेपछि नुन खाएर झोक्राएको कुखुरा जस्तो झोत्र्mयाउने प्रवृतिले गस्रित छ नेपाली राजनीति । सरकारमा नआउन्जेल गगन चुम्ने गफ लगाउने र आएपछि विदेश भ्रमणमा व्यस्त रहने राजनीतिज्ञहरुको बोलीले सोझासाझा नेपाली जनतालाई आश्वासन दिलाउने कार्य मात्र गर्छन् । विदेश घुम्ने परम्परा पनि सत्तामा हुँदा नै हुन्छ । नाकाबन्दीले निर्माणाधीन जलविद्युत् आयोजना पनि ठप्प छन् । चालु जलविद्युत् आयोजना पनि इन्धन अभावले चालु हुनसकेका छैनन् । दिनहुँ महँगी बढिरहेको छ । यस्तो अवस्थामा राजनीतिक दलका नेताहरुले दिँदै हिँडेको भाषणले नयाँ नेपाल बन्ला त ?