sabita sapkota. Powered by Blogger.
खुशी कहाँ छ ?


बाटोमा विभिन्न मानिसहरु हिडिरहेका हुन्छन् । सबै मानिसको आ–आफनो गन्तव्य हुन्छ । कोहि मानिस हसिलो मुहारमा देखिन्छन् भने कोहि मलिन मुहारमा देखिन्छन् । खुशि भएको समयमा कोहि मानिस हासेको देख्दा रमाइलो लाग्छ । दुखि भएको समयमा आप्mनो पीडामा कसैले मजाक उडाएजस्तै लाग्छ । भविष्य कसैलेपनि देखेको हुदैन । केवल कल्पनाको संसारमा डुबुल्कै मार्दै मानिस गन्तव्यका पाइलाहरुलाई शिखर सम्म पुर्याउन दौडिरहेको हुन्छ । अरुको जीवनलाई खुशी देख्छ मान्छे र आफू सबैभन्दा दुखि भएको अनुभव गर्छ ।

साना साना कुराले दुखि बनाउछ मन । कसैको दुई शब्दले पिराउछ मन, अनि आसुले पखाल्न मन लाग्छ । केहिबेरको आत्मा सन्तुष्टिको लागि आसुलाई हामी औषधिको रुपमा प्रयोग गछौ । केहि समय यस्ता हुन्छन जतिबेला चाहेर पनि हामी आफनो आसुलाई आँखाको जेलभित्र दबाएर राख्न सक्दैनौँ । विशेषगरी जब आशाका किरणहरुले पाइला मोडछन् । आफूले धेरै अपेक्षा गरेको मान्छेले अपशब्द बोल्छ या कसैले नराम्रो तवरले खाली गर्छ भने त्यो मनले सहन नसकी आसु झर्छ ।

सानो कुरामा दुखि हुने मन, सानो उपलब्धिमा पनि खुशि हुन्छ । कसैले तिमी कति असल भन्दा खुशि लाग्छ । कहिलेकाही एक्लै बसेर सोच्दा लाग्छ खुशि कहाँ छ र कसको अधिनमा ? मैले आफ्नो मुठ्ठिमा दबाएर राखेजस्तो लाग्छ होइन मेरो खुशि बावाआमा सँग छ जस्तो लाग्छ । होइन मेरो खुशि नयाँ कपडामा छ जस्तो लाग्छ । साथीभाईसँगको साथमा हुदाँ मेरो खुशि उनीहरु सँग छ जस्तो लाग्छ । एकान्तमा सपना बुन्दा मेरो खुशि मेरा सपनाहरुमा छ जस्तो लाग्छ । खुशि कुन पाटामा लुकेर बसेको हुन्छ र कति बेला झुल्किन्छ भन्ने नै निश्चित हुदैन । सुयोदय झुल्किने र अस्ताउने जस्तै कुनै निश्चित समय छैन ।

सानो छदा नयाँ कपडा पाउदा खुशि लाग्थ्यो । कसैले मनपर्ने खानेकुरा किनिदिदा खुशि लाग्थ्यो, मामाघर जान पाउदा खुशि लाग्थ्यो । उमेर र जवानी सँगै भरिएको बैसमा घुम्न पाउदा, बाबाआमाले चाहेजति पैसा दिदा र मोजमस्तीमा नै खुशि लाग्छ । जीवनमा बदलिदो अवस्था सँगै विभिन्न कुराहरुमा खुशिको आभास गरिदो रहेछ । जब हामी खुशि हुन्छौ तब हामीले गर्न लागेको काममा आत्मा सन्तुष्टिको आभास गर्छौ र सफलता पनि हात पार्ने सक्छौ ।

आकाशमा स्वतन्त्रताका साथ उडेको चरी देख्दा लाग्छ यो कति रमाइलो मानेर उडिरहेको छ । सायद पीर व्याथा भन्ने चिज नै त्यसको शब्दकोशमा छैन होला  । दुईवटा पखेटा फिजारेर उडेको देख्दा हामीलाई पनि कहिलेकाही उडू उडू  हुन्छ । पीर व्यथाले मन रोएको बेला उडन पाए रमाइलो अनुभूतिको आभास हुन्थ्यो जस्तो लाग्छ । मन लाग्छ धेरै कुरा गर्न अनि अनेकौ रहरहरु मनमा सजाउन । कहिले हावाको बेगले धुलो उडाएजस्तो गरी उडाउन मन लाग्छ मनमा घुम्सिएर रहेका रहरहरु त कहिले टे«नजस्तै सररर गुडाउन मन लाग्छ । कसैको भलो हुने काम गरेर आत्मा शान्ति बनाउने अभिलासा पनि मानिसको मनमा नजाग्ने होइन । दीन दुखी देख्दा बिचरा भन्न मन लाग्छ र आफूले सकेको केहि रकम दिन मन लाग्छ ।

मानिस विभिन्न क्रियाकलापबाट खुशि बटुल्ने गर्छ । धेरैजसो बाबा आमा आफनो सन्तानको उपलब्धिमा खशि हुन्छन् । खुशि जन्मदेखि मृत्युपर्यन्त चलिरहन्छ । खुशि त भर्खरै धोएर सुकाएको लुगाको पानीजस्तै रैछ बिस्तारै तप्किएर सकिने । केहि महिना अगि मात्र प्रकाशित बुदिसागरको फिरफिरे उपन्यासमा  उल्लेख भएका यी शब्दहरु सापटी लिन चाहे ।

हामी आफनो काम भन्दापनि अरुको कामलाई सहज थान्छौ  र त्यसमा नै खुशि देख्ने गर्छौ । सायद आप्mनो काममा रमाउनु नै खुशि होला कि ? नकरात्मक सोचहरुलाई बगाउदै सकरात्मक सोचहरुको फूल फुलाउनुमा नै खुशिका भमराहरुले बास गर्लान की भन्ने मेरो ठम्याई छ ।

संसारमा लाखौं मानिसहरुको आँखा छैन, कतिको हात खुट्टा छैन, कति मृत्यु शैयामा छटपटाइ रहेका छन् । हामीसँग आँखा, हात खुट्टा, स्वस्थ जीवन छ । तर पनि नहुनेहरु कति रमाइरहेका छन् हामी दुःखी बनिरहेका छौं । फरक यति हो उनीहरुले जीवन बुझेका छन, आफूसँग भएको चिजमा रमाएका छन् । तर नभएको कुरा खोज्ने हाम्रो सोचका कारण हामी रमाउन सकेका छैनौं । अब रमाउन, आनन्द लिन सिकौं । आफैंमा परिवारभित्र, समाजभित्र खुशी र आत्मा सन्तुष्टि खोजौं ।
- कास्की आवाज दैनिकमा प्रकाशीत