sabita sapkota. Powered by Blogger.
अनएक्सपेक्टेड लभ



‟केटो कस्तो लाग्यो सवि ?”
पानी बिनाको माछा छटपटाएजस्तै मलाई केटा हेर्ने आउँदै छ भन्ने थाहा हुदाँ देखि नै छटपटीमा बसेको मेरी प्रेमी अर्थात राजको म्यासेज थियो । केशुले हेर्न आएको दिनदेखी मनमा व्यग्लै चन्चलता पलाएको थियो । पहिलो च्याटमै यु आर ब्युटिफुल भनेदेखि त झन आफैलाई ऐनामा हेरेर रमाउन थालेकी थिए । 
उ पनि मान्छे हेर्दा हेन्डमनै थियो । पढेलेखेको, जागीर गाएको त्यो भन्दा पनि मेरोजस्तै रुची भएको । राजसँग च्याट गर्दा कहिलेकाही के गरिराको भन्दा , किताब पढिराको भने पढ्नदास भनेर खिस्सी उडाउँथ्यो र यो फिल्म हेर त्यो हेर भनेर हैरानै पाथ्र्यो । आफूलाई फिल्म हेर्ने फिटिक्कै मन पर्दैन् ।
 टिभी त मेरा लागि सिल्पिङ ट्यापलेट नै हो हेर्योकी निन्द्रा लाग्छ । किताब भने रातभर पनि पढ्न सक्छु । लाग्छ मानिसले आनन्दको लागि किताब पढ्ने , गित सुन्ने, फिल्म हेर्ने आदि गर्छन् । म किताब पढ्दा जति आनन्द महशुस गर्छु त्यो फिल्म हेर्दा पाउँन सक्दिन् । उसले फेसबुकका प्राय फोटोमा गरेका कमेन्टले म पनि उसको फोटोमा कमेन्ट गर्न बाध्य भएकी थिए । फोटो हेर्दा झन् हेन्डसम लाग्न थालेको थियो ।
बिहेको लागि आफन्तले धेरै केटा देखाए तर उजस्तो राम्रो र भलादमी आजसम्म कोही आएन् । छोटो समयमा नै उ सँग नजिकिन पुगेँ । व्याचलर पनि सकियो । बिहे गर्ने उमेर पनि भयो । दिनहुँ सुन्दरता पनि बिग्रदै गएको छ । आखिर जीवनमा एउटालाई रोज्ने हो । बिवाह नै प्रेमको अन्तिम बिन्दु हो र ? 
लाग्छ जीवनमा प्रेम एक सिकाई हो । राज सँगको प्रेममा धेरै कुरा सिके । अब उसले प्रेममा सिकाएका पाठहरु मिसाएर केशुलाई आफ्नो बनाउँ कि भन्ने सोच मनले यदाकता फुलबारीमा टोलाइरहँदा भनिरहेको थियो ।
सच्चा मनले गरेको प्रेमले अनुशासीत बनाउँछ जस्तो मलाई लाग्छ । आजसम्म म अनुशासनमा बसे केबल उसका लागि तर उसले अझै २ वर्षको समय थपिदियो । अब २ वर्षसम्म पालेर त मलाई मेरा घरकाले पनि राख्दैनन् । तर उ कुरै बुझदैन् । भर्खर त राम्रो जागिर पाएको छु ।
 बिहे गर्ने पैसा त कमाउनु पर्यो नि यार भन्छ । छोरीको बिहे गरेपछि आनन्द हुन्छ रे दिनहुँ आमा यस्तै भन्छिन् । हुनत अलिकति उमेर कटेपछि केटीको बिहे गर्न पनि गाह्रो हुन्छ । उ पो बिदेशमा छ उताको हावापानीले दिनहुँ तन्नेर हुदैँ छ तर यहाँको धुवा र धुलोले म त दिनहुँ बुढी हुदैँ गएकी छु ।
आएपछि तिमी त कति नराम्री भएकी भन्ने पो हो की ? माधवी नाटकमा गालबले माधवीलाई आफ्नो स्वार्थ पुर्ति भएपछि तिमी त कति बुढी भएकी म तिमीलाई आफ्नो धर्मपत्नी बनाउन सक्दिन् भनेको याद आयो । के थाहा राज पनि गालबजस्तै हुन्छ कि ? पहिलेदेखी बाटोमा हिड्दा उ त्यो केटी हेर न क्या व्युटिफुल भन्ने गर्थो ।हेर्न आएको केटाको नाम के रहेछ ? केशु अर्थात केशव !
कस्तो लाग्यो त केटा ?”
राम्रै लाग्यो ।”
उसको मन चोर्न यति म्यासेज के लेखेकी थिए । महाभारत नै सुनाउन थाल्यो । तिमी केटीहरुको कमजोरी यहि हो केटा देख्ने बित्तिकै मख्ख पर्छौ । त्यो एक नम्बरको प्ले व्याइ हो , केटी झुलाउँदै हिड्ने । आजसम्म कोही केटाले अर्को केटाको बारेमा राम्रो भनेको सुनेकी छैन् । झन् उ त आफ्नै प्रेमीकाको साथी परेछ । मेरी पे्र्रमीकालाई लाइन मार्छ कि भनेर पनि नराम्रो भन्न सक्छ । केशुसँग च्याट गर्दा छुट्टै मज्जा आउँथ्यो । मैले लेखेको लेख, गजल, कविता उसलाई पठाउँथे । उसले पनि पठाउँथो । छुटै संसार बनेको थियो । उसले किताब पढ्न सल्लाह दिन्थ्यो ।
राजको रिप्लाई दिन नै झ्याउ लाग्न थालेको थियो । अफलाईन् भएर केशुसँग च्याट गर्थो र उसको म्यासेज सिन् नै नगरी छोड्थे ।भाईले पनि बेलाबेला जिस्काउथ्यो । बिहे गरेका पुरुषले त गलफ्रेन्ड बनाउने जमानामा पनि के एउटालाई कुरेर बस्या होला । बिहे गर अब त बेला भयो भनेर दिक्क पाथ्र्यो ।
केशुले पनि आफू गलफे्रेन्डसँग टाढा बस्दा भएका पीडा र घरमा बिहे गर भनेको कचकच सुनाउथ्यो म पनि आफ्ना दुःख उहीसँग नै पोख्थे । कति च्याट मात्र गर्नु एकदिन त भेटौ न भनेर हामी दुई दरबार मार्गमा भेटियौ । उसलाई भेट्न जाँदा बाटोमा अनेक कुरा मनमा खेलेँ ।
 धेरै समयपछी यसरी केटा भेट्न गएकी थिए । उसलाई लगिदिएको मनसुन दिएर म त उसकै काँधमा टाउको राखेर आफ्ना कहानी सुनाउँन थालेछु । उसको मुहारमा राज पो देख्न थालेछु ।एकातिर राजले छोड्छ कि भनेर निराश थिए अर्कोतिर घर परिवारको दवावले पिल्सिएकी थिए ।
बेलुकी आएर उसँग लिएको सेल्फी भाईलाई देखाए । कन्ग्रायच दि । न्यु व्वाइफ्रेन्ड । नाइस कपल । एकसासमै भन्यो ।राजलाई दुईजनाको सेल्फी पठाए । आखिर तिमीले केटीको औकात देखायौ है । तिमी पनि अरु केटीभन्दा फरक भइनौ । सच्चा प्रेमी चिन्न नसकेर त खाल्डोमा गाडिन्छन् केटीहरु । 
उसले सबै केटीको चरित्रमानै दाग लगाउने बचनले यो मनमा चसस्क घोच्यो । त्यपछि केशुसँगको भेट बाक्लीदै गयो । उसले दिनहुँ आफ्नो बाइकमा अफिसमा लिन आउँथ्यो । कहिले बाइक हाक्थ्यो त कहिले सुस्त गतिमा चलाउँथ्यो….. ।