sabita sapkota. Powered by Blogger.
गन्तव्यहिन यात्री .....!



सुनसान गल्लीमा रङगीन
 पखेटा फिजाएर उडिरहेका अवसरहरु
चिन्न नसक्दा खाल्डोमा गाडिन्छ कि
जीवन पुरिन्छु कि
 म छरपष्ट हुन्छन् कि सपनाहरु ?

डर लाग्छ आफै्ंसँग
अनि आफ्नै निर्णयसँग ।
जलेर अपाङग भएको पलाष्टिक जस्तै
हुन्छन् कि सोचहरु ?
न घर न घाटको हुन्छ कि यो ज्यान
तप्त तप्त सितका थोपा झरेझै
झर्छ कि हरेक बिहान ।
गर्माे याममा पनि
थरथर काम्ने जाडो हुन्छ कि ?

हरेक मौसमले म आफैलाई पर पार्छ कि ?
झरेको फुलजस्तै
किचेर हिड्छ कि दुनियाँ ?

आफ्नै निर्णयलाई किप्पर राखेर
गोलको बर्षात हुन्छ कि ?
हावा फुस्केको बेलुनजस्तै
दुलो पर्छ कि ?
खै के हुन्छ हुन्छ ?

सहि बाटो चिन्न नसक्दा
गन्तव्य विहिन यात्री हुन्छु कि ।

एउटा चुरोट सल्काएर सोचु कि म ?
एक पेग लगाएर बाटो खोजु कि म ?
कहाँ जाउ कसलाई सोधु दुविधा भो
एक रुपैयाको डलरसँग
आफ्नो अस्तित्व सोधु कि म ।।