sabita sapkota. Powered by Blogger.
अाशा



अाशा अनि निराशाकाे शहर हाे याे 
मरभूमिमा धान झुलाउने प्रहर हाे याे ।

सरासर हिडेपनि खुट्टा तान्ने धेरै यहाँ
जवानीमा खेल्न खाेज्ने लहर हाे याे ।

वर्तमानमा रमाएर भविष्यलाई काेर्नुपर्ने
बास्ना खाेज्ने अनावश्यक रहर हाे याे ।

जतातिर लम्किन्छ जिन्दगीकाे डाेरी यहाँ
चाहानालाई उतैतिर, माेड्नुपर्ने नहर हाे याे।

एउटा मानव दुई मस्तिष्क लिएर डुल्छ यहाँ 
अाश्वासनकाे खाली बाेतल पिलाउने लहर हाे याे ।

अाशा अनि निराशाकाे शहर हाे याे 
मरभूमिमा धान झुलाउने प्रहर हाे याे ।