sabita sapkota. Powered by Blogger.
समानता


सधै याे बिहानी सित बनेर अाअाेस 
सबकाे मुहारमा पिृत छाेडेर जाअाेस ।

साेचहरुमा अागाेकाे राप दन्किअाेस
जनमानसमा फुलबुटटा जाेडेर जाअाेस ।

ईन्द्रेणिका रङगझै रङगिउन पाईलाहरु 
सातै रङगले हत्केला भरेर जाअाेस ।

उदाएकाे सुर्यजस्तै चम्किअाेस भाग्य 
पैतालामा हर्षकाे विउ छरेर जाअाेस ।

सानाे ठूलाे भनेर काेहि अाैला नठड्याअाेस
समानताकाे फुलबारी खनेर जाअाेस ।

पन्छिझै उड्न पाउ बिशाल छाति बनाएर 
नकरात्मक साेचकाे गन्ध जलेर जाअाेस ।

सधै याे बिहानी सित बनेर अाअाेस 
सबकाे मुहारमा पिृत छाेडेर जाअाेस ।