sabita sapkota. Powered by Blogger.
अशान्त मन


धेरैपछि अशान्त मन लिई धाए म 
मन्दिर गई फुल चढाई फर्कि अाए म ।

माग्नु त के थियाे र ढुङगाकाे मुर्तिसंग
गए शिर झुकाए ,लम्कि अाए म ।

उफ! धेरै सास्ति तिम्राे दर्शन पाउन
निकै लामाे लामदेखि तर्कि अाए म ।

धेरै थियाे गुनासाे ,पाेख्नु देउता संग 
अक्षताकाे थाली बाेकी फर्कि अाए म ।

याे मनका कुण्ठाहरु छरपष्ट पार्दै 
फुलपाती र अक्षता छर्कि अाए म ।

धेरैपछि अशान्त मन लिई धाए म 
मन्दिर गई फुल चढाई फर्कि अाए म ।