sabita sapkota. Powered by Blogger.
अघि बढ्नुहोस ओलीज्यू, तपाईंका सपना सम्भव छ !



आमाको गर्भबाट जन्मने बितिकै एउटा बालक खुशीले रुन्छ । संसार देख्न पाएँ भन्ने उत्साह र उमङगले ‘च्याच्या’ गर्छ । के थाहा उसलाई यो धर्तीमा जन्म लिएपछि कति दु: ख हुन्छ ? के थाहा उसलाई सपनाको भरमा मान्छेलाई उडाईन्छ, बोलीकी भरमा पागलको उपनाम दिईन्छ । अरुको बोलीको कदर भन्दापनि आलेचना गर्ने बानी धेरैको हुन्छ । कसैले नयाँ कुराको उद्घोष गर्यो भने त्यसलाई हाँसोको माध्यम बनाईन्छ ।

के रेल नेपालमा गुड्ने कुरा असम्भव छ ? फोहोर संसोधन गरी घरघरमा पाइप लाइन जडान गर्ने काम असम्भव छ ? आखिर कुनचाहि राजनितिज्ञले आफूले भनेका कुरा पुरा गरेका छन् र ? चुनाबको समयमा गाउँमा हस्पिटल बनाईदिन्छ, बाटो बनाईदिन्छु भनेर भोज खुवाउंदै भोट माग्ने कति नेताले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् ?

आफ्नो देश छोडेर अरुको देशमा पसिना बगाउन बाध्य छन् नेपाली । बिकसित मुलुकमा गएर विभिन्न उपाधि हासिल गरे भनेर आफ्नो नाम फैलाउन विवस छन् नेपाली । के नेपालीहरुले आफनै देशमा बसेर ति उपाधिहरु हासील गर्ने सक्दैनन ? बुद्दिजिवी वर्गको लहर छ विदेशमा । ती वर्गलाई नेपालमै राखेर उनीहरुको क्षमता सिचाई गर्ने उपयुक्त भूमि दियो भने अवस्यनै पुरा हुन्छन् प्रधानमन्त्री केपीशर्मा ओलीका सपना । विभिन्न सेमिनार र गोष्टिमा हामी यस्तो गर्ने सक्छौ उस्तो गर्ने सक्छौ तर नेपालको राजनीतीले दिएनभन्नेहरुलाई भेला गरेर योजना तयार गर्ने सकिन्छ ।

केहि समय अघि ओली सरकार ढलाउने कुरा व्यापक रुपमा चर्चित भयो । धेरैले रेल चढ्न नपाईने भो भनेर फेसबुक र टुईटरमा ओलीलाई ब्याङग्य हाने । ओलीले भनेको एउटै बोलीलाई बिभिन्न तरिकाले प्रस्तुत गरे ।

सपना सजाउन सबैले पाउँछन् । हजारौ सपना देखिन्छ तिमध्ये केहि मात्र सफल हुन्छन् । सपना सजाउने मानिस निदाउन सक्दैन । हरेकप्रहरमा सपनाले घचघचाई रहन्छ । विकास जटिल प्रकृया हो र छोटो अवधिमा यो असम्भव छ । उदघोष गर्ने बितिकै यो प्राप्त हुन्छ भन्ने पनि छैन ।

सपना बुनेपछि निदाउन नसकी कार्यनयनतर्फ लाग्नुपर्ने हो तर सपनालाई फूलबारीको फूल जसरी सजाएर राख्नाले भमराले रस चुस्ने सम्भावना धेरै हुन्छ । एउटा सगमाथाको चुचुरोमा पुग्ने सपना सजाएको मानिसले धेरै पटक अभ्यास गर्छ , कहिले उ लडछ, कहिले बिचबाटो देखि नै फर्किन्छ । काम थाल्नुछ प्रधान्मन्त्रीज्यू लडे भने उठाउन आउने नेपाली जनता छन् । फेसबुक र टवीटरमा आएमहिवथ केपीओलीभन्ने टेन्डनै चलेको छ । सर्मथक छन् भन्ने कुरा यहिबाट नै प्रष्ट हुन्छ । सबै कुराको सबल र दुर्बल पक्ष हुन्छन् । विरोधी सबैका हुन्छन् । विरोधीएकातिर कुरा काटदै गर्छनत्यही समयमा सर्मथकलिएर अगाडी बढनुस्  प्रधान्मन्त्रीज्यू ।

सपनाको फूलबारी सजाएर गतिनलिदाभमराहरु नाची रहेका छन् । जुन कुरा केहि हप्ता अघि आएको सरकार ढल्छ भन्ने विभिन्न राजनीतीज्ञको भाषणले पुष्टि गर्छ । आफूले के गरें भन्दापनि अरुले के गर्यो र उसको बिल्ला गरेर कसरी खुटटा तान्न सक्छु भन्ने प्रविती धेरै मानिसहरुको हुन्छ । अरुले के बोल्यो र उसको कुरालाई  कसरी हावामा उडाउ भन्ने मनोवृतिले ग्रस्त छ नेपाली समाज ।

पानीजहाज खरीद गरेर संचालनगर्ने भन्ने कुरालाई नेपालमै पानीजहाज गुडाउने भनेर धेरैले ब्याङग्य हाने । कोलाहल, नाकाबन्दी, नेपालबन्द जस्ता कुरामा बानी बसेका नेपालीहरुलाई अवस्यनै बिकासका कुरा आश्चर्य नै लाग्छ । तिनमहिने लामो आन्दोलनले समेत नपुगेर अझै आन्दोलन गर्ने अगाडी सर्ने मधेशीलाई बिकासको कुरा पच्दैन । दिनह मिटिङ र गोष्टि गरी अरुलाई भडकाउने कार्य उनीहरुबाटनै हुन्छ ।

असम्भवभन्ने कुरा केहि पनि छैन । एउटा कार्यदिसातयार गरेर नियमितअभ्यासमालाग्ने हो भने आफ्नै देशको स्रोतहरुको सदुपयोग गरी देशलाई समृदिको बाटोमा डोर्याउन सकिन्छ । एउटा यस्तो शक्तिको खाचो छ जसले उचितनक्सातयार गरी कामको सुरुवाद गरोस । जब कामको थालनी हुन्छ त्यसपछि थुक निल्नेको कमिहुदैन । मैले पनि त्यो काम गर्ने चाहान्थे भन्नेको कमि हुदैन ।