sabita sapkota. Powered by Blogger.
के भैँसीले माग पूरा गर्ला र?



घरपालुवा जनावरमध्ये एक भैँसी जसलाई अंग्रजीमा ‘बफेलो’ भनिन्छ । सात अक्षरले बनेको बफेलोको स्पेलिङ नजानेर बाल्यकालमा धेरैपटक पिटाइ खाएकी छु । तेही स्पेलिङ बिग्रिएर कुनै समय परीक्षामा दोस्रो स्थानमा पनि आएकी थिएँ । 

कक्षामा प्रथम भए साइकल गुडाउन पाउने चाहना पनि यही बफेलोको स्पेलिङ बिग्रँदा तुहिएको थियो । साथीसंगीले साइकल गुडाउँदा रुँदै बस्थेँ । त्यसपश्चात् भैँसी देख्दा निकै रिस उठेर आउँथ्यो र त्यही चढ्न नपाएको साइकलको सपना सम्झाउँथ्यो ।

त्यो अबोध बालापनको घटना सम्झँदा आज पनि काउकुतीयुक्त हाँसोले यो मन अनायासै मुस्कुराउँछ । एकदिन भैँसीको नजिकै गएर गाली गरेकी थिएँ । आमाले त्यही समय यो जनावार हो, न यसले तिमीले भनेको बुझ्छ न त गाली गरेकामा चित दुखाउछ भनेर सम्झाउनु भयो । त्यसो भए किन यसले खान्छ त रु अबोध प्रश्नमा आमाले झिँजो मानेझै गरी बाँच्नका लागि र दूध दिनका लागि खान्छ भन्नुभयो । 

दूधको त फेरि म निकै पारखी थिएँ । दूध नभए भात नै खादिनँथेँ रे । मेरा कारण पनि बाबाआमालाई भैँसी पाल्ने बाध्यता थियो । भैँसीको दूध निकै मिठो लागे पनि भैँसी देख्दाचाहिँ रिस सदावहार उही काँटामा रह्यो । बाह्रैमास फुल्ने फूलजस्तै रिसको फूल फुलिरह्यो ।

कहिलेकाहिँ कुँडो खुवाउँदा भैँसीले पोख्यो भने बाबा कुट्नुहुन्थ्यो । कुट्दा पनि किन भैँसी नभागेर सहेर बसेको होलाजस्तो लाग्थ्यो । म भा’को भए कुदेर कहाँ पुगिसक्थेँ । त्यो सोच्दै गर्दा भैँसीको घाँटीमा बाँधिएको दाम्लो देख्थेँ र आँसी ल्याएर त्यो काटिदिम्जस्तो पनि हुन्थ्यो । 

एक मनमा माया लाग्थ्यो, अर्को मनमा तिरस्कार जागा नै थियो, साइकल चढ्न रोक्ने भैँसी पो त १ बफेलोको स्पेलिङ बिगारेर साइकल नै पाइनँ । हुन त घरको भैँसीको के दोष रु दोषी ठान्यो बालापनले ।

आमा यसलाई किन खाना नदिएको रु बारम्बार यस्तै प्रश्न सोध्दै आमालाई दिक्क बनाउँथे । पछि बुझ्दै गएँ । भैँसी घरपालुवा जनावर रहेछ । मानिसको जस्तै सोच्ने बुद्धि रहेनछ । मानिसको नियन्त्रणमा आफ्नो जीवन गुजार्नुपर्ने रहेछ । केहीदिन अघि मधेसी मोर्चाका केही कार्यकर्ताले भैँसीलाई मागपत्र बुझाउँदा अबोध बालापनलाई सम्झिनँ पुगेँ । 

मेरो बालापन र अहिले मधेसी मोर्चाका कार्यकर्ताले गरेको ¥यालीलाई एउटै तराजुमा राखेर जोख्दा बराबर परिणाम आउँछजस्तो लाग्यो ।
आफूलाई सर्वश्रेष्ठ ठान्ने मानवजातिको यो कार्य देखेर हाँसोसँगै दया जागृत हुन्छ यो मनमा । थाहा छैन, भैँसीको ¥यालिले सरकारलाई कति प्रभाव पार्यो तर म जस्ता सर्वसाधारण मानिसलाई भने जिल्ल पार्यो । 

बिगत ३ महिनादेखिको लामो आन्दोलनले तराईबासीलाई वाक्कदिक्क बनाए आन्दोलनकारीले तर पशुलाई समेत दिक्क बनाउन छाडेनन् उनीहरुले । के भैँसी बाटोमा डुलाउँदैमा उनीहरुका माग सहजताका साथ सरकारले पूरा गर्ला रु माग पूरा गर्नुछ भने सम्बन्धित निकायसँग कुरा गर्दै अन्य विकल्पसमेत अपनाउन सकिन्छ ।

तर यसरी जनावरलाई नै प्रयोग गर्नु के जनावरको हितविपरीत भएन र < के यसरी प्रदर्शन गर्दैमा माग सम्बोधन हुन्छ त र< त्यतिबेला साइकल चढ्न मलाईँ भैँसीले नदिएको होइन, भैँसीको अँग्रेजी हिज्जे बिगारेर हो, मैले यो बुझेँ र अचेल भैँसीलाई म खास रिस गर्दिनँ, मैले बफेलोको स्पेलिङ बिगारेर दोस्रो भए झैँ आन्दोलनकारीले पनि आफ्ना माग भैँसीलाई भनेर फेरि पनि कुरा बिग्रियो कि रु एउटै प्रश्न भैँसीले माग पूरा गर्ला <